खोटाङबाट नेकपा माओवादीका रामकुमार राई विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ८, बिहीबार १४:२१ २०७९ मंसिर ८, बिहीबार १४:२१ २०७९ मंसिर ८, बिहीबार १४:२१

मङ्सिर ८, खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याए ।

निर्वाचन परिणाम अनुसार जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ९१४, राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६, स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ मत, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४० र मंगोल नेसनल अर्गनाइजेसनका दीपक मगरले १३१ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook