मङ्सिर ७, काठमाडौं । कतारमा भइरहेको विश्वकप फुटबलमा जापानले चार पटक च्याम्पियन जर्मनीलाई २-१ ले हराएको छ ।
खालिफा इन्टरनेशनल मैदानमा भएको समूह इ को खेलमा एसियाली राष्ट्र जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्मनीमाथि शानदार जित निकालेको हो । जापानले अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै ३ अंक जोडेको हो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रित्सु दोअन र ताकुमा असानोले जापानको लागि गोल गरे ।
खेलको ३३औं मिनेटमा एल्काए गुन्डागोनको पेनाल्टी गोलमा जर्मनीले पहिले अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता बनाएको जर्मनीले त्यसलाई कायम राख्न सकेन भने जापानले उत्कृष्ट पुनारगमन गर्यो ।
