योगेश भट्टराई ताप्लेजुङबाट दोस्रो पटक निर्वाचित

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार १४:४८ २०७९ मंसिर ७, बुधबार १४:४८ २०७९ मंसिर ७, बुधबार १४:४८

मंसिर ७, ताप्लेजुङ । कडा प्रतिस्पर्धाकाबीच ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित भएका छन्।

अन्तिम मतपरिणाम अनुसार योगेशले २१ हजार ९४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरेका छन्।

सुरूवातीदेखि नै टक्कर भए पनि अन्तिम चरणमा योगेशले खेलप्रसादलाई पछि पार्दै बाजी मारेका हुन्। मतगणनाको सुरूवाती चरणबाटै योगेश झिनो मतले पछि परेका थिए। पछि फुङ्लिङ नगरपालिकाको मत गन्न थालेपछि भने योगेश अगाडि लागेका थिए।

योसँगै भट्टराई ताप्लेजुङमा दोहोरिएका छन्। अघिल्लो निर्वाचनमा पनि उनी यहाँबाट निर्वाचित भएका थिए। एमाले सचिवसमेत रहेका भट्टराई तत्कालीन नेकपाका पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको ठाउँमा भट्टराई मन्त्री भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook