ओखलढुंगा : प्रदेशतर्फ दुवै क्षेत्रमा सत्ता गठबन्धन विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार १३:२८ २०७९ मंसिर ७, बुधबार १३:२८ २०७९ मंसिर ७, बुधबार १३:२८

मंसिर ७, काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगमा प्रदेशसभातर्फ दुवै क्षेत्रको अन्तिम नतिजा आएको छ । जसमा सत्ता गठबन्धनका दुवै उमेदवार विजयी भएका छन् । अन्तिम नतिजाअनुसार प्रदेश ‘क’ मा नेपाली कांग्रेसका प्रदीप सुनुवार विजयी भएका छन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेका उनले नेकपा (एमाले)का अम्बिकाबाबु गुरुङलाई पराजित गरेका हुन् ।
सुनुवारले १४ हजार ९१६ मत ल्याउँदा एमालेका गुरुङले १४ हजार ५५६ मत पाए । सुनुवरा ३६० मतले विजयी भएका हुन् ।
यस्तै, प्रदेश ‘ख’ मा नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम निर्वाचित भएका हुन् । उनले एमालेका ज्ञानबहादुर खड्कालाई पराजित गरे ।
गौतमले १५ हजार ७३८ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका खड्काले १४ हजार ६४० मत ल्याएका छन् । यहाँ मतान्तर १ हजार ९८ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook