नवलपरासी पूर्व–२ को दुई वटै प्रदेश सभामा एमाले विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार १०:२३ २०७९ मंसिर ७, बुधबार १०:२३ २०७९ मंसिर ७, बुधबार १०:२३

मङ्सिर ७, काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नं २ का दुवै प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार भारी मतान्तरले विजयी भएका छन्।

क्षेत्र नं २ (१) र २ मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका छन्।

प्रदेश १ मा पद्मा जिसी श्रेष्ठले १९ हजार ३७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७४३ मत ल्याएका छन्। 

यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेस विजयी भएको थियो।

त्यसैगरी प्रदेश २ मा एमालेका लक्ष्मण पाण्डे भारी मतान्तरले विजयी भएका छन्।

उनले १८ हजार ८०६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का गोपाल खनालले १४ हजार ७६१ मत पाएका छन्।

नवलपरासी पूर्वका सबै स्थानमा गठबन्धनका दल र एमालेबीच प्रतिस्पर्धा छ। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook