मङ्सिर ६, काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको जित पक्का भएको छ ।
प्रदीप पौडेलको १५ हजार २ सय ३७ मत आउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर पोखरेलले १० हजार १ सय ७१ मत ल्याएका छन् । नाै सय मत गन्न बाँकी रहँदा पौडेलले ५ हजारभन्दा धेरैको मतान्तर कायम गरेका छन् ।
