मङ्सिर ६, काठमाडौं । काठमाडौं-९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । तेस्रो स्थानमा सत्ता गठबन्धनकि उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मत ल्याएकी छन् ।
