मङ्सिर ६, काठमाडौं । काठमाडौं -४ बाट नेपाली कांग्रेसका महामन्त्री समेत रहेका गगन थापा विजयी भएका छन् । थापाले नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो अन्तरले जितेका हुन् ।
गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरेका छन् ।
