मङ्सिर ५, काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरूआती अग्रता लिएका छन् ।
५ सय ५० मत गणना गर्दा माओवादी केन्द्रले ३९१ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले ६९ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका अब्दुस मियाँले ३३ मत मात्र प्रप्त गरेका छन् ।
