दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

Byपहिलो सुचना

२०७९ कार्तिक २८, सोमबार ०७:०५ २०७९ कार्तिक २८, सोमबार ०७:०५ २०७९ कार्तिक २८, सोमबार ०७:०५

कात्तिक २८, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

आइतबार भएको झडपमा परेर सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार गराई थप उपचारका लागि धनगढी लगिएको छ ।

घाइते धामी माओवादी केन्द्र काठमाडौँ–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् ।

यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँँपालिकामा झडप भएको थियो । घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको शाहीले बताए ।

सो क्षेत्रमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook