निर्वाचन नजिकिएसँगै बढ्यो यातायात बुकिङ

Byपहिलो सुचना

२०७९ कार्तिक २७, आईतवार १३:०९ २०७९ कार्तिक २७, आईतवार १३:०९ २०७९ कार्तिक २७, आईतवार १३:०९

कात्तिक २७, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ ।

निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौंबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरूको संख्या बढेपछि टिकट बुकिङ बढेको हो । 

नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताएले धमाधम बुकिङ गरेको जानकारी दिए । 

‘मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासंघमा फोन गरेर बस बुकिङ गरिरहनुभएको छ’, उनले भने ।

महासंघले गत हप्ता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि दुई सय ८५ बस उपलब्ध गराएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook