कात्तिक २३, काठमाडौं । निर्वाचन आयोगले ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । घण्टीले ध्वनि प्रदूषण भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा १३ ले जुलुस, आमसभा वा भेला गर्दा पालना गर्नुपर्ने आचरणबारे उल्लेख गरेको छ ।
उक्त आचारसंहिताको खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, कपडा, टोपी, टि-सर्ट, मास्क वा लकेट वा झोला बोक्न नहुने’ उल्लेख छ । यसैअनुसार निर्वाचन आचारसंहिता अनुगमन समितिले कार्कीलाई चुनाव चिह्न घन्टी बजाउँदै चुनावी प्रचारमा नहिँड्न भनेको हो ।
