माओवादीका बागी उम्मेदवारलाई कारवाही, साधारण सदस्यबाटै निस्कासित

Byपहिलो सुचना

२०७९ कार्तिक १२, शनिबार २१:४९ २०७९ कार्तिक १२, शनिबार २१:४९ २०७९ कार्तिक १२, शनिबार २१:४९

कात्तिक १२, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका बागी उम्मेदवारहरूलाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ । माओवादी केन्द्रले विशेष परिपत्र जारी गर्दै पाँच जना उम्मेदवारलाई निस्कान गरेको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, विरेन्द्र यादव, दिपेन्द्रबहादुर पुन र काशीचन्द्र बराललाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको हो । हेमराज भण्डारीले धनकुटाबाट प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, अशोककुमार मण्डलले सप्तरी-१ (संघ), विरेन्द्र यादवले पर्सा-४ (संघ), दिपेन्द्र बहादुर पुन मगरले प्रदेशतर्फ रोल्पा १ र काशीचन्द्र बराल (संघ)ले कालीकोटबाट उम्मेदवारी दिएका छन् ।

गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवार रहेको भएमा वा त्यस प्रकारका उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा पार्टीका सम्बन्धित प्रदेश समितिहरूले तत्काल केन्द्रीय कार्यालयमा कारवाहीका लागि सिफारिस गर्नुपर्नेछ।

जिल्ला र स्थानीय तहका पार्टी समितिका सदस्यहरूले पार्टी र गठबन्धनको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएको वा त्यस प्रकारका उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा पार्टीबाट निष्काशनको कारवाही गरिने माओवादी केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook