गोरखा-५ का वडाध्यक्ष रानाको निधन

Byपहिलो सुचना

२०७९ कार्तिक ११, शुक्रबार ११:१६ २०७९ कार्तिक ११, शुक्रबार ११:१६ २०७९ कार्तिक ११, शुक्रबार ११:१६

कात्तिक ११, गोरखा । गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर मृत्यु भएको हो ।

नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थियो ।

वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी भएका थिए । उनी एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवा संघको नेपालका केन्द्रीय सचिवालय सदस्यसमेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook