पिङबाट लडेर युवकको मृत्यु

Byपहिलो सुचना

२०७९ कार्तिक ९, बुधबार १८:१४ २०७९ कार्तिक ९, बुधबार १८:१४ २०७९ कार्तिक ९, बुधबार १८:१४

कात्तिक ९, दैलेख । पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ ।दैलेखको नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर सोही वडा बस्ने १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो ।

पिङ खेल्न सुरू गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासि लडेका थिए।
स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले बताए।
जिल्लाभर पिङ हाल्ने र खेल्ने प्रचलन धेरै छ। पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook