प्लास्टिकजन्य फूलगुच्छा, माला बिक्री गरे १ लाखसम्म जरिवाना

Byपहिलो सुचना

२०७९ कार्तिक ३, बिहीबार ०८:५० २०७९ कार्तिक ३, बिहीबार ०८:५० २०७९ कार्तिक ३, बिहीबार ०८:५०

कात्तिक ३, काठमाडौं । सरकारले तिहार र छठजस्ता चाडपर्वहरूमा प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारण गरे १ लाखसम्म जरिवाना लाग्नेछ ।

वन तथा वातावरण मन्त्रालयले आज जारी गरेको सूचनामा गत साउन १२ गते नेपाल राजपत्रमा सुचना जारी गरेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको उल्लेख गरेको छ ।

यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook