कात्तिक २, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ ।
नेपाल चीन सिमा सिन्धुपाल्चोकमा केन्द्रविन्दु बनाएर आज दिउँसो भूकम्प गएको छ । ४५ मिनेट भित्र २ वटा भूकम्प गएको हो । ३ बजेर ७ मिनेटमा पहिलो भुकम्प गएको थियो भने त्यसको ४५ मिनेटपछि ३ बजेर ५३ मिनेटमा अर्को भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार पहिलो भुकम्प ५.९ म्याग्नेच्युटको र दोश्रो कम्पन ४.५ म्याग्निच्युटको गएको हो ।
