दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने

Byपहिलो सुचना

२०७९ कार्तिक ३, बिहीबार ०८:१२ २०७९ कार्तिक ३, बिहीबार ०८:१२ २०७९ कार्तिक ३, बिहीबार ०८:१२

कात्तिक ३, पोखरा । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।

बुधबार पोखराको होटेल बराहिमा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो । साल तय भएतापनि महिना भने तय हुन बाँकी नै छ ।

बैठकमा विभिन्न प्रदेशबाट एघारौं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि पनि प्रस्ताव आएको एक बोर्ड सदस्यले बताए । मधेश प्रदेशले अहिले नै प्रस्ताव राखिसकेको छ । त्यस्तै सुदूरपश्चिम, बागमती प्रदेशले पनि एघारौं आयोजना गर्न दाबी गरेका छन् ।

बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन हुँदैछ । समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook