ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

Byपहिलो सुचना

२०७९ कार्तिक २, बुधबार १०:२६ २०७९ कार्तिक २, बुधबार १०:२६ २०७९ कार्तिक २, बुधबार १०:२६

कात्तिक २, ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ स्थित याम्फेवा खोला नजिक मंगलबार राती ट्र्याक्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ ।

५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला-४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको मृत्यु भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । उनका अनुसार उनीहरू सबैको घटनास्थलमा नै मृत्यु भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ ।

अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युतको सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook