दिपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

Byपहिलो सुचना

२०७९ आश्विन २६, बुधबार ११:५९ २०७९ आश्विन २६, बुधबार ११:५९ २०७९ आश्विन २६, बुधबार ११:५९

असोज २६, काठमाडौं । राजीव गुरूङ ‘दिपक मनाङे’ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् ।

मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दिपक मनाङेसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो ।  

तर दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिन बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए । उनको उम्मेदवारी फिर्तासँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook