असोज २६, काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका उम्मेदवारहरुले आज निर्वाचन चिन्ह पाउनेछन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन चिन्ह आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म वितरण गरिनेछ ।
आयोगले दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यसअघि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जानकारी दिएको छ ।
