भालुवाङ-प्युठान सडक ४८ घण्टादेखि अवरुद्ध

Byपहिलो सुचना

२०७९ आश्विन २३, आईतवार १३:२८ २०७९ आश्विन २३, आईतवार १३:२८ २०७९ आश्विन २३, आईतवार १३:२८
Pahiro

असोज २३, दाङ । पहिराले दुई दिनदेखि अवरुद्ध भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । शुक्रबार गएको पहिरो अहिलेसम्म पनि नखुल्दा यात्रुहरु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् ।

भालुवाङ–प्युठान सडकखण्ड अन्तरगत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । ठाउँ–ठाउँमा पहिरो खसेको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ ।

सरुमारानीको मोतिपुरमा खसेको ठूलो पहिरो हटाइएको भए पनि अन्य ठाउँमा पहिरो हटाउन अझै समय लाग्ने लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । बड्डाँडा नजिकै रहेको खहरे खोलामा आएको बाढीले अहिले सडक अवरुद्ध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook