पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्घ

Byपहिलो सुचना

२०७९ आश्विन २०, बिहीबार १०:५४ २०७९ आश्विन २०, बिहीबार १०:५४ २०७९ आश्विन २०, बिहीबार १०:५४
Pahiro

असोज २०, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरूद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरूद्ध भएको हो ।

सडक अवरूद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook