सफ्ट बैंकको भिजन फण्डले कमायो २ अर्ब डलर मुनाफा

Byपहिलो सुचना

२०७८ श्रावण २६, मंगलवार १२:४१ २०७८ श्रावण २६, मंगलवार १२:४१ २०७८ श्रावण २६, मंगलवार १२:४१

साउन २६, टोकियो (जापान) । जापानी बहुराष्ट्रिय लगानी समूह सफ्ट बैंक ग्रुप कर्पोरेशनको भिजन फन्डले २ अर्ब डलरभन्दा धेरै मुनाफा कमाएको छ । 

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा समूहको खुद मुनाफा ३९ प्रतिशतले घटेर ६ अर्ब ९० करोड डलरमा आएको भएपनि फन्डको मुनाफा भने बढेको हो । 

अप्रिल–जुन त्रैमासमा कम्पनीको सूचीकरण पोर्टफोलियोबाट हुने खुद मुनाफा चिनियाँ इ–रिटेलर कम्पनी कुफाङलगायत कम्पनीको शेयरमा आएको कमीका कारण घटेको हो । मेमा भने समूहले कीर्तिमानी मुनाफा कमाएको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook