चीनले हाल्यो टेनसेन्टमाथि मुद्दा

Byपहिलो सुचना

२०७८ श्रावण २६, मंगलवार १२:३४ २०७८ श्रावण २६, मंगलवार १२:३४ २०७८ श्रावण २६, मंगलवार १२:३४

साउन २६, पेचिङ (चीन) । चीनले घरेलु बहुराष्ट्रिय प्रविधिक म्पनी टेनसेन्टमाथि मुद्दा दायर गरेको छ । 

कम्पनीको म्यासेजिङ एप  विच्याट्को युथमोडले नाबालिगहरुको सुरक्षा सम्बन्धी कानूनको अनुपालना नगरेको भन्दै अभियोजनकर्ताहरुले कम्पनीमाथि फौजदारी मुद्दा हालेको छ । युथमोडले युवाहरुलाई भुक्तानीमा पहुँच, निश्चित खालका गेम खेल्न र नजिकमा रहेका फ्रेन्ड्ज खोज्न प्रतिबन्ध लगाउँछ ।

एपले चिनियाँ कानूनको उल्लंघन कसरी गरेको छ भन्ने कुरा अभियोजनकर्ताहरुले खुलाएका छैनन् । यस दाबीबारे अनुसन्धान गरिने टेनसेन्टले बताएको छ । विच्याटमा करीब १ अर्ब २६ करोड मासिक सक्रिय प्रयोगकर्ता छन् ।

सरकारी पत्रिकाको एक लेखमा गेमलाई अध्यात्मिक अफिमको संज्ञा दिइएको थियो । चिनियाँ अधिकारीहरुले नाबालिगहरुलाई अनलाइन जोखिमबाट जोगाउन निर्देशन दिएका थिए । सो लेख सार्वजनिक भएपछि टेनसेन्टको शेयरमूल्य १० प्रतिशतभन्दा धेरैले घटेको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook