निर्वाचन आचारसंहिताबारे आयोगले आज दलहरूसँग छलफल गर्ने

Byपहिलो सुचना

२०७९ आश्विन ९, आईतवार ०७:५६ २०७९ आश्विन ९, आईतवार ०७:५६ २०७९ आश्विन ९, आईतवार ०७:५६

असोज ९, काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताबारे आज राजनीतिक पार्टीसँग छलफल गर्ने भएको छ । आयोगले छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो ।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ । आयोगका एक आयुक्तका अनुसार छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीलगायत १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आयोग जाने वा नजाने जानकारी आइसकेको छैन ।
आयोगले केही दिनमा आचारसंहिता लागु गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूबाट प्रतिवद्धता लिन आयोगले छलफलका लागि बोलाएको हो ।
गत वैशाखमा भएको स्थानीय तह चुनावका बेला पनि आयोगले दलहरूसँग आचारसंहिताबारे छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook