आज मौसम सामान्यदेखि पुर्णरुपमा बदली

Byपहिलो सुचना

२०७९ आश्विन ८, शनिबार ०७:१६ २०७९ आश्विन ८, शनिबार ०७:१६ २०७९ आश्विन ८, शनिबार ०७:१६ #मौसम
Weather_PahilosuchanaGloomy Weather

असोज ८, काठमाडौं । आज पनि मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ । यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लम्बिनी प्रदेश, गण्डकी प्रदेश,  र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो भने देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ । बागमती ,गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्ला दिन मौसम नियमित रुपमा बदली भएको छ । जसका कारण बाढी-पहिरोले सडकहरू अवरुद्ध हुँदा दशैंको लागि घर फर्किने यात्रु मर्कामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook