असोज ५, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।
प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन बैठक बस्न लागेको हो ।
संघीय संसदले पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो । तर सभामुखले २० भदौमा पठाएका उक्त विधेयक मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन ।
बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने छ ।
