सरकारले डेंगी नियन्त्रणका लागि केही गरेन : गगन थापा

Byपहिलो सुचना

२०७९ आश्विन ४, मंगलवार १८:२५ २०७९ आश्विन ४, मंगलवार १८:२५ २०७९ आश्विन ४, मंगलवार १८:२५
Gagan

असोज ४, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले डेंगी नियन्त्रणका लागि केही नगरेको गुनासो गरेका छन् । मंगलबार नेपाल चिकित्सक संघ दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले कोभिडको महामारीबाट सरकारले केही नसिकेको टिप्पणी गरेका छन् ।

केन्द्रीय मात्रै नभई स्थानीय सरकारले समेत डेंगी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको बताए । उनका अनुसार काठमाडौंमा सिमित रहेको डेंगी रोग देशभर फैंलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने बताए ।

कोभिडबाट अहिले डेंगीको बेलामा आउँदाखेरी खासै धेरै कुराहरू सिक्न सकेनौं । यत्रो ठूलो प्रकोपको रुपमा आइसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन । हामीसँग रातारात आपतकालीन समयमा काम गर्ने संरचनाहरू छ कि छैनरु,’ उनले सोधे, ‘यो काठमाडौंमा मात्रै सिमित भएको कुरा देशभर फैल्ने क्रममा जुन छ । कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो ।’
उनले थपे, ‘कोभिड लगत्तै सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरूको निर्माणमा खासै चासो दिएको देखिएन वा सिक्न चाहेन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook