साफ महिला च्याम्पियनशिपमा बङ्ग्लादेशलाई उपाधि, नेपाल उपविजेतामै सीमित

Byपहिलो सुचना

२०७९ आश्विन ३, सोमबार १८:५७ २०७९ आश्विन ३, सोमबार १८:५७ २०७९ आश्विन ३, सोमबार १८:५७

असोज ३, काठमाडौं । छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ । 

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई ३-१ ले हराउँदै बङ्ग्लादेशले उपाधि जितेको हो । बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा सान्त्वना गाेल गरिन् ।

नेपाललाई हराएको बंगलादेशले साफ महिला च्याम्पियनसिपको पहिलो उपाधि जितेर इतिहास बनाएको छ । यसअघि पाँच संस्करणमा भारत च्याम्पियन बनेको थियो ।

त्यस्तै नेपाल भने पाँचाैँ पटक फाइनलमा पराजित बनेकाे छ । यसअघि नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएको थियो । नेपालले चार पटक फाइनलमा भारतसँग पराजित हुँदै आएको थियो ।

यसपटकको सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपाल बङ्ग्लादेशसँग पराजित हुँदा फेरि पनि उपाधि जित्न असफल भयाे । नेपाललाई हराएकाे बङ्गलादेश पहिलो पटक च्याम्पियन बनेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook