असोज १, काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६३ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ७४० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
एक हजार ५७४ जनाको पिसिआर र २ हजार १६६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर १९६६ जना सक्रिय संक्रमित छन् । १३१ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।
