स्थानीय चुनावपछि थपिए झण्डै २ लाख ५५ हजार मतदाता

Byपहिलो सुचना

२०७९ भाद्र ३१, शुक्रबार १५:५२ २०७९ भाद्र ३१, शुक्रबार १५:५२ २०७९ भाद्र ३१, शुक्रबार १५:५२

भदौ ३१, काठमांडौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका छन् ।

आयोगका सचिव गोकर्णमणी दुवाडीका अनुसार आज आयोगले यी मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्दैछ । चुनावमा १० हजार ८ सय ९१ मतदानस्थल रहनेछन् ।

यस्तै २२ हजार २ सय २६ वटा मतदान केन्द्र कायम गरिएको उनले जानकारी दिए । २०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए। गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए। चुनावपछि झण्डै तीन महिनाको अवधिमा दुई लाख ५४ हजार ८ सय ४७ मतदाता थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook