एमालेको केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

Byपहिलो सुचना

२०७९ भाद्र ११, शनिबार १४:१२ २०७९ भाद्र ११, शनिबार १४:१२ २०७९ भाद्र ११, शनिबार १४:१२

भदौ ११, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (शनिबार) पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा हिजो शुक्रबारदेखि शुरु भएको बैठक आज पनि जारी रहनेछ ।

एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने  जानकारी दिए ।

आजको बैठकमा हिजो दश समूह विभाजित केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर सुझाव दिनेछन् । समूहगत छलफलका लागि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा प्रवास र केन्द्रीय विभाग छुट्टाइएको छ ।

समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook