कर्णालीमा फोहोरबाट ऊर्जा निकाल्न रकम विनियोजन

Byपहिलो सुचना

२०७९ भाद्र ८, बुधबार १२:०४ २०७९ भाद्र ८, बुधबार १२:०४ २०७९ भाद्र ८, बुधबार १२:०४

भदौ ८, कर्णाली । फोहोरलाई ऊर्जामा रूपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रविधि जडान गर्न लागेको छ ।

यसका लागि मन्त्रालयले चालु आव २०७९/०८० बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

उनले भने,‘कर्णालीका सबै क्षेत्रमा जतिसक्दो सबैलाई उज्यालो पुर्‍याउनका लागि फोहोरबाट ऊर्जा निकाल्न लागिएको हो ।’

उनका अनुसार मन्त्रालयले पहिलो चरणमा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।  

मन्त्री सिंहले भने, ‘यो काम सफल भएमा फोहोरबाट विद्युत निकाल्न अन्य ठाउँमा पनि यो विस्तार गर्छौं ।’

मन्त्रालयका सचिव देवराज निरौलाले भने,‘कर्णालीमा यो पहिलो अभ्यासका रूपमा लिइएको छ। मूलतः सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सौर्य प्रविधि जडान कार्यसमेत गर्दैछौं ।’ 

मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले फोहोरबाट ऊर्जा उत्पादनका लागि सुर्खेतको वीरेन्द्रनगर, रूकुम पश्चिमको चौरजहारी, जुम्ला खलङ्गा, जाजरकोटको कुदु, दल्ली, कालीमाटी, सल्यानका बाक्लो बस्ती रहेका बस्ती तथा समुदाय सम्भावित रहेको जानकारी दिए ।

उनका अनुसार विद्युतको बढ्दो माग र एक सय १३२ केभी प्रसारण लाइन निर्माण कार्य पूरा नभएकाले विभिन्न वैकल्पिक रूपमा ऊर्जा उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाइ तीव्रता दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook