पाटनमा श्रीकृष्ण जन्माष्टमी पर्वको भव्य तयारी

Byपहिलो सुचना

२०७९ भाद्र २, बिहीबार १७:२६ २०७९ भाद्र २, बिहीबार १७:२६ २०७९ भाद्र २, बिहीबार १७:२६
krishna Temple

भदौ २, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरबारस्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका दिन सो मन्दिरमा दर्शनार्थी भक्तजनको घुइचो लाग्ने गर्दछ ।

मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले दर्शनार्थी भक्तजनको सुबिधाका लागि तयारी भइरहेको बताए । उनले भने, “आज मध्यरातिदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारीमा जुटेका हौं ।” दर्शनार्थीलाई सुव्यवस्थित मेला गराइने उनले जानकारी दिए ।

महिला तथा पुरुष भक्तजनलाई  छुट्टा छुट्टै लाइनमा राखिने कृष्ण मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मन्दिर परिस क्षेत्रमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिए ।  गत वर्ष कोभिड महामारीका कारण सो मन्दिरमा मेला भर्न बन्द गरिएको थियो । पाटनमा उक्त मेलासँगै भीमसेन खटजात्रा, मच्छिन्द्रनाथ जात्रा एवमु कात्तिक नाचसमेत मञ्चन गर्ने गरिन्छ । सो कृष्ण मन्दिर मुलुकमा शिखर शैलीमा ढुङ्गैढुङ्गाबाट निर्मित २१ गजुर भएको एक मात्रै धार्मिक तीर्थस्थल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook