थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि

Byपहिलो सुचना

२०७९ श्रावण ३१, मंगलवार १७:४३ २०७९ श्रावण ३१, मंगलवार १७:४३ २०७९ श्रावण ३१, मंगलवार १७:४३

साउन ३१, काठमाडौं । नेपालमा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार ७२२ पीसीआर परीक्षणमा ३९९ र २ हजार ८९७ एन्टीजेन परीक्षणमा ४४९ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै २४ घण्टामा निको हुनेको संख्या ५२६ रहेको छ भने १ जनाले ज्यान गुमाएका छन् । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook