राष्ट्रिय सभाबाट पारित भयो स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८

Byपहिलो सुचना

२०७८ श्रावण २६, मंगलवार १६:४६ २०७८ श्रावण २६, मंगलवार १६:४६ २०७८ श्रावण २६, मंगलवार १६:४६

साउन २६, काठमाडौं । राष्ट्रिय सभाको मंगलवारको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए।     
     
सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो । विधेयकमाथिको छलफलमा भाग लिंदै नेकपा एमालेका सांसद कोमल वलीले आफ्नो धारणा राखेकी थिइन् भने छलफलमा उठेका प्रश्नहरुको मन्त्री कार्कीले जवाफ दिएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक यही साउन २७ गते बुधवार दिनको १ बजे बस्ने छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook