साउन ३१, काठमाडौं । काठमाडौंको फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ ।
मंगलबार दिउँसो काठमाडौंबाट लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेपछि प्रहरीले अश्रुग्याँस फालेको थियो । त्यसपछि स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
