पूर्व वडाध्यक्ष श्रेष्ठ मृत फेला

Byपहिलो सुचना

२०७९ श्रावण २६, बिहीबार १५:३९ २०७९ श्रावण २६, बिहीबार १५:३९ २०७९ श्रावण २६, बिहीबार १५:३९

साउन २६, वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष बसन्त श्रेष्ठ मृत फेला परेका छन् ।

वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

भित्री कच्ची सडकमा ग १६ प ५४६१ नंको स्कुटर बाटो छेउमा रहेको अवस्थामा बाटोको कुनातर्फ शव उत्तानो अवस्थामा फेला परेको प्रवक्ता खनालले बताए ।

घटनास्थलमा नुडन नामक सेतो रङको किटनाशक विषादीको खोलिएको डिब्बा स्कुटर नजिक भेटिएको जनाइएको छ ।

प्रवक्ता खनालका अनुसार आज बिहान स्थानीयले बाटोमा मानिस लडेको अवस्थामा फेला परेको सूचना वडा प्रहरी कार्यालय वालिङमा दिएका थिए । 

शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा ल्याइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५५ वर्षीय श्रेष्ठ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook