जडीबुटी निकासीबाट १३ लाख राजस्व सङ्कलन

Byपहिलो सुचना

२०७९ श्रावण २३, सोमबार १२:३६ २०७९ श्रावण २३, सोमबार १२:३६ २०७९ श्रावण २३, सोमबार १२:३६
Herbs_spices

साउन २३, बैतडी । जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजस्व सङ्कलन भएको छ ।  आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब रु.  १३ लाख राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्षमा सल्लाको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट रु. १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत रु दुई  लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए ।

गत आर्थिक वर्ष रिट्ठा, तेजपात, अमला, गुच्चेच्याउ, दालचिनी, पाखनवेदलगायत जडीबुटीका साथै दुई लाख २० हजार ६३० किलो खोटो  जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ । 

जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो सङ्कलन र जडीबुटी निकासी हुने गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook