नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको अधिवेशन हुँदै

Byपहिलो सुचना

२०७९ श्रावण २१, शनिबार २३:५८ २०७९ श्रावण २१, शनिबार २३:५८ २०७९ श्रावण २१, शनिबार २३:५८

ज्ञानकाजी तामाङ । साउन २२, क्यालिफोर्निया, अमेरिका ।
नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्निया को अधिबेशन यही आउने आइतबार अगस्ट ७ मा हुने भएको छ । अधिवेशन अमेरिकाको ब्रक्ली शहरको हिमालयन फ्लेभरमा हुने भएको छ ।

शुक्रबार अधिवेशन बारे जानकारी दिँदै नेपाल आदिवासी जनजाती महासंघ क्यालिफोर्नियाका अध्यक्ष देव किराँतीले भने, “आदिवासी जनजाति महासंघ अमेरिकाले यहाँ बसाइँ सरेर आएका जनजाति समुदायको मात्रै हैन सिँगो नेपाली समुदायको दुखमा साथ दिँदै हाम्रो भाषा, धर्म र रितिथिति बचाउदै पुस्तान्तरण गर्नेछौँ ।” उनले भने, ” हामी यहाँ मात्रै हैन आदिवासी जनजाति समुदायको हक हितको लागि हामी हाम्रो मातृभूमिमा निरन्तर दबाब र सम्मान पहुँचका लागि लडिरहने छौ ।”

सन् २०१२ मा स्थापन भएको यस संगठनको यो तेस्रो अधिवेशन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook