छोराको कुटाइबाट बुवाको मृत्यु

Byपहिलो सुचना

२०७९ श्रावण १७, मंगलवार १५:३८ २०७९ श्रावण १७, मंगलवार १५:३८ २०७९ श्रावण १७, मंगलवार १५:३८

साउन १७, तेह्रथुम । तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ ।

आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टंकले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए । 

घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पुर्‍याएका थिए । तर भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

बाबुलाई मुस्लीले प्रहार गरी फरार रहेका छोराको खोजी कार्य जारी रहेको सो कार्यालयले जनाएको छ । घरायसी विवादमा छोराले बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook