अन्तरक्रिया कार्यक्रम सम्पन्न

Byपहिलो सुचना

२०७९ श्रावण १६, सोमबार ११:३८ २०७९ श्रावण १६, सोमबार ११:३८ २०७९ श्रावण १६, सोमबार ११:३८

अमर तामाङ । साउन १६, सेन फ्रान्सिस्को । अमेरिकाको सेन फ्रान्सिस्को स्थित नेवार समुदाय समिति ‘झि नेवा अर्गनाइजेसन’ को आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली बैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रम उक्त नेपालस्थित नवआवर्तन केन्द्र अर्थात आविष्कार केन्द्रको मुलभुत उद्देश्य के हो, सो कार्यक्रम कसरी सञ्चालन भईरहेको र आगामी दिनमा कसरी सञ्चालन हुनेछ भन्ने विषयमा केन्द्रित रहेको थियो ।

डा. पुनका अनुसार नेपालस्थित आविष्कार केन्द्रको मुलभुत उद्देश्य भनेको विभिन्न आविष्कारकहरुलाई भेला गरेर अनुसन्धान गर्ने बताए ।

“देशका विभिन्न आविष्कारकहरुलाई भेला गरेर अनुसन्धान गर्ने र देशको आर्थिक विकासमा टेवा पुर्याउने नै हाम्रो उद्देश्य हो,” उनले भने, “देशमा भएका लाखौं युवाहरुलाई देशभित्रै स्वरोजगारी बनाउने लक्ष्यका साथ अगाडि बढ्दै छौँ ।”

तर, सरकारी क्षेत्रबाट भएको असहयोगका कारण आफ्नो उदेश्य सफल हुन नसकेको र विश्वभरीबाट सहयोग गरेर सञ्चालन भइरहेको बताए ।

“नेपालबाट केही आविष्कारहरू अमेरिका ल्याएर तालिम दिइ रिसर्च गर्न लगाएर फेरि नेपाल लाने प्रयास गरेपनि एम्बेसीले भिषा दिएन,” उनले गुनासो गरे ।

कार्यक्रममा प्रोफेसर डा. टीका लम्साल लगायत झि नेवा अर्गनाइजेसनका सदस्यहरु उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook