बढ्यो सुनको मूल्य, प्रतितोला रु ९४ हजार ८००ले कारोबार

Byपहिलो सुचना

२०७९ श्रावण १२, बिहीबार १३:१२ २०७९ श्रावण १२, बिहीबार १३:१२ २०७९ श्रावण १२, बिहीबार १३:१२

साउन १२, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ८०० ले बढेर रु. ९४ हजार ८०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ५०० थियो ।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. ३० ले बढेर रु. एक हजार १८५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook