जंगली च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी

Byपहिलो सुचना

२०७९ श्रावण ११, बुधबार ०७:१८ २०७९ श्रावण ११, बुधबार ०७:१८ २०७९ श्रावण ११, बुधबार ०७:१८
तस्बिर: रासस

साउन ११, बैतडी । विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।

बिरामी पर्नेमहा १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् ।

उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए ।

च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो ।

मंगलबार जङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरु सबैले खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook