सप्तरीमा करेन्ट लागेर एक वृद्धको मृत्यु

Byपहिलो सुचना

२०७९ श्रावण १०, मंगलवार ०६:३१ २०७९ श्रावण १०, मंगलवार ०६:३१ २०७९ श्रावण १०, मंगलवार ०६:३१

साउन १०, राजविराज । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खड्क नगरपालिका वडा नम्बर ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि, मोटर, पम्पसेट लगायतबाट सिँचाइ गर्ने गरेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook