पोखरामा एटिएम मेसिन फोडेर १५ लाख चोरी

Byपहिलो सुचना

२०७९ श्रावण ५, बिहीबार २०:०१ २०७९ श्रावण ५, बिहीबार २०:०१ २०७९ श्रावण ५, बिहीबार २०:०१

साउन ५, कास्की । पोखरामा एक बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको छ ।

पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए ।

उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए ।

चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटिएममा १७ लाख रुपैयाँ राखेकामा दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ ।

पोखरामा केही दिनयता बैंकको एटिएम मेसिन फोडेर रकम चोरी गर्ने घटना बढेका छन् ।

गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook