साउन ३, काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ । मेयर बालेन शाहले आफ्नो सामाजिक संजालमार्फत तीन दमकल खरिद गरिएको जानकारी दिएका छन् ।
यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो । पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर शाहले बताए ।
