साउन ३, काठमाडौं । काठमाडौंको जोरपाटीमा ग्यास निस्किएको छ । स्थानीय सन्त वीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
एक घण्टाअघि निस्किएको ग्यास अहिले पनि निरन्तर निस्किरहेको छ । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ ।
स्थानीयका अनुसार ३०० फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको छ ।
