साउनदेखि जडीबुटी खेतीको बीमा लागू हुने

Byपहिलो सुचना

२०७९ असार ३२, शनिबार १२:४१ २०७९ असार ३२, शनिबार १२:४१ २०७९ असार ३२, शनिबार १२:४१
Jadibuti_Herbs-spices

असार ३२, काठमाडौं । साउन महिना (भोलि)देखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ ।

यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । 

नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो । 

निर्देशिकामा बीमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बीमा व्यवसाय गर्नुपर्ने उल्लेख छ । 

त्यस्तै जिल्लास्थित कृषि ज्ञान केन्द्र वा कृषि तथा पशुसेवा कार्यालय नजिकको स्थानमा बीमक शाखा कार्यालय खोल्नुपर्ने पनि भनिएको छ ।

बीमक आफैंले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बीमा लेखको हकमा तथा अनुदान प्राप्त नहुने बीमा लेखको हकमा छोटो अवधिका लागि बीमा लेख जारी गर्न सक्ने र कृषि, पशुपक्षी तथा जडीबुटी बीमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook